काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भइरहेको मतदानको समय बेलुका ७ः०० बजेसम्म थप गरिएको छ ।
यसअघि आज बिहान ८ः३० बजेदेखि सुरु भएको मतदानका लागि साँझ ५ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो ।
निर्वाचन प्रक्रियाअन्तर्गत मतदानको समय थप गरी बेलुका ७ः०० बजेसम्म कायम गरिएको कांग्रेसले निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाअन्तर्गत मतदानको समय थप गरिएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ । रासस








