२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा

काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने

काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राचीन सांस्कृतिक परम्परा ‘सम्यक महादान’ को संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि विशेष कार्ययोजना अघि सारेको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भौतिक सम्पदाको पुनर्निर्माणसँगै त्यससँग जोडिएका अमूर्त सांस्कृतिक परम्परालाई पनि जीवन्त राख्नुपर्ने बताउनुभएको छ । उहाँले सम्यक महादानलाई पुनर्जीवित गर्दै यसको संरक्षण र निरन्तरताका लागि महानगरले नीतिगत तथा व्यावहारिक नेतृत्व गर्ने जानकारी दिनुभयो ।

डंगोलका अनुसार महानगरपालिकाले हालसम्म विभिन्न भौतिक सम्पदा, मठमन्दिर तथा ऐतिहासिक संरचनाको पुनर्निर्माण गरेको छ । तर, ती संरचनाको वास्तविक महत्त्व कायम राख्न तिनसँग जोडिएका संस्कार, परम्परा र सांस्कृतिक अभ्यासको निरन्तरता आवश्यक रहेको उहाँको भनाइ छ ।

सम्यक महादान कार्यक्रमलाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न महानगरपालिकाले ३०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । समितिले सम्यक महादानको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व संरक्षण गर्दै कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउनेछ । यसका लागि महानगरपालिकाले सुरक्षा व्यवस्थापन, नीतिगत सहजीकरण र आर्थिक सहयोगलगायतका जिम्मेवारी निर्वाह गर्ने जनाएको छ ।

महानगरपालिकाले पछिल्लो समय लोपोन्मुख सांस्कृतिक परम्परालाई नयाँ पुस्तासँग जोड्ने प्रयाससमेत गर्दै आएको छ । मुहाली बाजाको परम्परा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाको सहकार्यमा त्यसलाई पुनर्जीवित गरिएको उदाहरण प्रस्तुत गर्दै डंगोलले सम्यक महादानलाई पनि युवा पुस्तामाझ परिचित गराउने र यसको निरन्तरता सुनिश्चित गर्ने लक्ष्य रहेको बताउनुभयो ।

यस अभियानअन्तर्गत विभिन्न उपसमिति गठन गरी कामसमेत सुरु गरिएको महानगरपालिकाले जनाएको छ । सम्यक महादानलाई व्यवस्थित, मर्यादित र परम्पराअनुरूप सञ्चालन गर्न सम्बन्धित समुदायका गुठियार, द्यः थुवा तथा स्थानीय बुद्धिजीवीसँग समन्वय गरिनेछ ।

महानगरपालिकाले सम्पदा संरक्षणलाई भौतिक संरचनाको निर्माण र पुनर्निर्माणमा मात्र सीमित नराखी त्यससँग जोडिएका मौलिक संस्कार, संस्कृति र परम्पराको निरन्तरतासँग जोड्नुपर्नेमा जोड दिएको छ । सम्यक महादानको संरक्षणमार्फत काठमाडौंको प्राचीन सांस्कृतिक पहिचानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने महानगरको लक्ष्य रहेको छ ।

— न्युज एजेन्सी नेपाल