२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित
अ अ+ अ-

काठमाडाैँ । चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित मुख्य शाखा कार्यालयले सञ्चालन गरेको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित भएका छन् । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चामल आयतमा नेपालगञ्ज भन्सार कार्यालयले कडाइ गरेपछि उपभोक्ता सहुलियत दरमा चामल खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहुलियत बिक्री केन्द्र पुग्न थालेका हुन् ।

दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी नेपालगञ्जमा सहुलियत बिक्री केन्द्र सञ्चालन गरेर सबै प्रकारका चामलमा प्रतिक्विन्टल रु ५०० छुटको व्यवस्था गरेपछि भोक्ताको आकर्षण लिमिटेडका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिनुभयो । “चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको केन्द्रबाट चाडपर्व अवधिभर १०० क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “हालसम्म ७५ क्विन्टल भन्दा बढी बिक्री भइसकेको छ ।”

घिमिरेका अनुसार बिक्री केन्द्रबाट अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम मसिनो जिरा र स्टिम जिरा फोर्टिफाइड चामल बिक्री भइरहेको छ  कार्यालयले बजार मूल्यभन्दा कम दरमा विभिन्न प्रकारका चामल बिक्री गर्दै आएपछि उपभोक्ताले खरिदमा प्रत्यक्ष आर्थिक लाभ पाएका छन् । सहुलियत मूल्यमा बिक्री हुने चामलको दर बजार मूल्यको तुलनामा कम रहेकाले चामल खरिदमा उपभोक्ताको आकर्षण देखिएको उहाँको भनाइ छ ।
एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य रहे पनि उक्त कोटा सकिएपछि बिक्रीवितरण विभाग प्रधान कार्यालय काठमाडौँसँगको समन्वयमा आवश्यक कोटा थप गर्न सकिने सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।