काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा तारेख लिन काठमाडौं जिल्ला अदालत पुगेका छन्।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
उक्त प्रकरणमा लामिछानेविरुद्ध सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप लगाइएको छ। सरकारी वकिलले उनीविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेका थिए।
यस मुद्दामा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। त्यसपछि उनी अदालतमा उपस्थित हुँदै तारेखमा रहेर मुद्दाको सामना गरिरहेका छन् ।








