२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण

युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना

युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना
अ अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताउनुभएको छ।

नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उहाँले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो।

मन्त्री तिमिल्सिनाले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाएर युवालाई स्वदेशमै आफ्ना सपना पूरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। त्यसका लागि सरकारले आवश्यक वातावरण निर्माण गर्ने र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो।

“कुनै पनि देशको सबैभन्दा ठूलो शक्ति र पुँजी भनेको युवा जनशक्ति हो। अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी युवालाई स्वदेशमै आफ्ना सपना पूरा गर्न र आर्थिक समुन्नति हासिल गर्न सकिँदैन,” उहाँले भन्नुभयो।

विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै उहाँले नेपालले पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण गरिरहेको बताउनुभयो। नवप्रवर्तन र उद्यमशीलताको विकासका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।

सूचना प्रविधिका क्षेत्रमा नेपालमा नयाँ जनशक्ति र विज्ञहरू विकास हुँदै गएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले त्यसलाई मुलुकको आर्थिक रूपान्तरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो। ठूलो सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जाने गरेको अवस्थामा अब सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्व बजारमा सेवा पुर्‍याउन सकिने उहाँको भनाइ थियो।

“अब हामीले श्रम र जनशक्ति होइन, सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ। सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्वभर सेवा दिन सकिन्छ,” उहाँले भन्नुभयो।
सूचना प्रविधिको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न डिजिटल विभाजन अन्त्य गर्ने, इन्टरनेटको पहुँच विस्तार गर्ने तथा सेवाको गुणस्तर सुधार गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री तिमिल्सिनाले बताउनुभयो।

दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ-जी सेवा सुरु गर्ने गरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो।

प्रविधिको विस्तारलाई रोजगारी, उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले सूचना प्रविधिबाट मुलुकले अधिकतम आर्थिक लाभ लिन सक्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको बताउनुभयो।
प्रविधि र मानवीय सिर्जनशीलताबीचको सम्बन्धबारे चर्चा गर्दै मन्त्री तिमिल्सिनाले प्रविधिले काम गर्ने तरिका परिवर्तन गर्न सक्ने भए पनि मानिसको महत्त्व घटाउने नभई उसको क्षमता अभिवृद्धि गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो।

सरकारको जिम्मेवारी नीति निर्माणमा मात्र सीमित नहुने उल्लेख गर्दै उहाँले नीतिको प्रभावकारी कार्यान्वयनमार्फत नागरिक, उद्यमी र समग्र अर्थतन्त्रले प्रत्यक्ष लाभ प्राप्त गर्ने अवस्था निर्माण गरिने बताउनुभयो।

शिक्षा र सीप विकासको बदलिँदो प्रवृत्तिबारे चर्चा गर्दै उहाँले विगतमा शैक्षिक योग्यता हासिल गर्नुलाई बढी प्राथमिकता दिने गरिएको भए पनि अहिले भविष्यमा आवश्यक पर्ने सीप र क्षमतामा आधारित शिक्षातर्फ ध्यान बढ्दै गएको बताउनुभयो। युवालाई बजारको मागअनुसार दक्ष बनाउँदै उद्यमशीलताका लागि तयार गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा नेपालको अवस्था सुधार हुँदै गए पनि अझै कमजोर रहेको बताउनुभयो। उहाँले एआई र उद्यमशीलताका क्षेत्रमा नेपाली युवाको सहभागिता बढ्दै गएको तथा सूचना प्रविधिका क्षेत्रमा लगानीसमेत विस्तार भइरहेको उल्लेख गर्नुभयो।

एआईसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको बताउँदै डा. झाले एआईको उपयोगबाट सरकारी सेवा प्रवाह प्रभावकारी बनाउन, अर्थतन्त्रमा योगदान बढाउन, तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्न तथा विभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो।

उत्पादन र उत्पादकत्व वृद्धि गरी नेपाली अर्थतन्त्रलाई थप प्रतिस्पर्धी बनाउनसमेत एआईले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले उल्लेख गर्नुभयो। एआईको सही उपयोगबाट विभिन्न समस्या समाधान गर्न सहज हुनुका साथै कामको दक्षता बढाउन सकिने भएकाले नेपालले उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो।