५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध ९० दिनका लागि स्थगित



अ+ अ-

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध ९० दिनका लागि स्थगित भएको छ । अमेरिकाका वाणिज्य सचिवले सोमबार यस्तो घोषणा गरेका हुन् ।

वाणिज्य सचिव विल्बर रोसका अनुसार हुवावेमाथिको प्रतिबन्ध आगामी नोभेम्बर १९ सम्मका लागि स्थगित गरिएको हो ।

फक्स बिजनेस नेटवर्कसँग सचिव रोसले भनेका छन्, ‘अमेरिकी दूरसञ्चार कम्पनीहरुका लागि एकपटक पुनः ९० दिनको समय छ । केही ग्रामीण कम्पनीहरु हुवावेमा निर्भर छन् । हामी ती कम्पनीहरुलाई हुवावेबाट अलग हुनका लागि केही धेरै समय दिँदैछौँ ।’

यसले तत्काल हुवावेका मोबाइल फोन प्रयोगकर्ताले पनि समस्या व्यहोर्नु पर्नेछैन ।अब अमेरिकी सरकारले हुवावेलाई अस्थायी लाइसेन्स दिनेछ जसबाट उसले अमेरिकी कम्पनी कम्पनीहरुसँग कारोबार जारी राख्न सक्नेछ ।