२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरू हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जारी गरेको निर्वाचनसम्बन्धी सूचनामा उल्लेख छ ।

महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।

यसअघि निर्वाचन समितिले आज बिहान ७ः०० बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टापछि सारिएको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रियसभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् । खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ । खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।

त्यस्तै, खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ । खुलामञ्चमा रहेको मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन् ।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ ।

निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन् । मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

पन्ध्रौँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । रासस