५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा र ईलाममा प्रभुको एक्स्टेन्सन काउण्टर



अ+ अ-

काठमाडौं । प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको झापा मालपोत कार्यालय प्रमुख चण्डिप्रसाद कोईलाले उद्घाटन गरेका छन् ।

त्यसैगरी, ईलामस्थित मालपोत कार्यालय परिसरमा राखिएको एक्टेन्सन काउण्टरको ईलाम मालपोत कार्यालय प्रमुख केशब कुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्र बहादुर थापाले संयुक्त रुपमा उद्घाट्न गरे ।

झापा तथा ईलाम जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न कम्पनीले जनाएको छ ।