काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क भ्रमण स्थगित गरेका छन् । भ्रमण हुनुभन्दा करिब दुई हप्तामात्र बाँकी रहँदा राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत भ्रमण स्थगित गरेको जानकारी गराएका छन् ।
राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्ड खरिद गर्ने विषयमा छलफल गर्न डेनमार्क्स्थित कोपनहेगन भ्रमण गर्ने बताएका थिए । तर डेनमार्कले ट्रम्पको यस विषयलाई कडा आलोचना गरेको थियो ।
ट्रम्पले ट्विटमा लेखेका छन् “ डेनमार्क गजबका मानिसहरु भएको विशेष मुलुक हो । तर, प्रधानमन्त्री मिट्टी फ्रेडरिकसन्सले ग्रिनल्यान्ड बिक्री गर्ने विषयमा चासो नभएको प्रतिक्रिया दिएपछि मैले दुई हप्तापछि तय गरेको डेनमार्क भ्रमण स्थगित गरेको छु ।“
उनले त्यसअघि भनेका छन् प्रधानमन्त्रीले ठूलो रकमको सम्झौताको उपयोग गरेकी छन् । जुन अमेरिका र डेनमार्क दुबैका लागि हितकर हुन्छ भन्दै ट्रम्ले प्रधानमन्त्रिलाइ धन्यवाद दिएका छन् ।