२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको दोस्रो लामो ‘जिप लाइन’ धनकुटाको भेडेटारमा बन्ने



अ+ अ-

धनकुटा । प्रदेश नम्बर १ को पर्यटकीय नगरी धनकुटाको भेडेटारमा प्रदेश एक कै पहिलो जीप लाइन बन्ने भएको छ । स्थानीय युवा उद्यमी आशिष राई र किरण राईको करिब तीन करोड रुपैयाँको लगानीमा लगभग एक हजार पाँच सय ५ सय मिटर लामो जीप लाइन बन्न लागेको हो ।भिरालो क्षेत्रमा तारमा घिर्नीजस्तै झर्ने खेललाई जीप लाइन भनिन्छ ।

जीप लाइन ‘लन्च प्याड’ साँगुरी गढी गाँउपालिका वडा नम्बर ६ खर्क डाँडाबाट हुने र सोही वडाकै कार्किछापमा ‘ल्यान्डिङ स्टेशन’ हुने छ । यहाँको भूगोल उपयुक्त भएकाले निर्माण गर्न कुनै समस्या नरहेको डिपिआर तयार गर्ने कन्सल्टेन्सी संस्था हार्मोन कन्सल्टेन्सीका इन्जीनियर संखर श्रेष्ठले जानकारी दिए ।

यो निर्माण भएपछि दक्षिण एसियाको तेस्रो तथा नेपालको दोस्रो लामो ‘जिप लाइन’ बन्ने छ ।दक्षिण एसियाको सबैभन्दा अग्लो ‘जिप लाइन’ पोखराको सराङकोटदेखी हेम्जा सम्मको एक हजार ८ सय ६० मिटर लामो छ । यस्तै भारतीय मिडियाका अनुसार दक्षिण भारतीय राज्य केरेलामा रहेको कोलुकुमलाई नामक ‘जीप लाइन’ को लम्बाइ एक हजार ८ सय मिटर रहेको छ ।

भेडेटारमा बन्न लागेको यो ‘जीप लाइन’ नेपाल पर्यटन वर्ष २०२० को सुरुवातसँगै सञ्चालन हुने गरी निर्माण शुरु गरिएको व्यवसायी आशिष राइले जानकारी दिए । पोखराबाहेक धुलिखेलमा रहेको एक हजार ३ सय मिटर लामो ‘जीप लाइन’ व्यवसायिक रुपमा सञ्चालनमा छ ।