२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित

सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित
अ अ+ अ-

काठमाडौँ । सुडानको उत्तरी दारफुर राज्यस्थित टाविलामा पछिल्लो एक महिनामा ६ हजारभन्दा बढी मानिस विस्थापित भएर भित्रिएसँगै त्यहाँको मानवीय अवस्था चरम संकटमा पुगेको छ ।

द्वन्द्व, खाद्यान्न अभाव र खडेरीका कारण विस्थापित भएका सर्वसाधारणहरू सुरक्षित आश्रयको खोजीमा टाविला पुगे पनि आधारभूत आवश्यकताको चरम अभाव झेलिरहेका छन् ।

उत्तरी दारफुरको टाविला सहर हाल सुडानको सबैभन्दा ठूलो विस्थापित केन्द्रमध्ये एक बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार, टाविलाले विगत लामो समयदेखि ७ लाखभन्दा बढी विस्थापितहरूलाई आश्रय दिँदै आएको छ । तर सेप्टेम्बरको सुरुवातयता मात्रै ६ हजार १ सय ९१ जना नयाँ विस्थापित थपिएका छन् । विशेष गरी गत साता मात्र १ हजार ३ सय ९४ जना मानिस टाविला पुगेका छन्, जसमा महिला, बालबालिका र वृद्धवृद्धाको संख्या बढी छ ।

विस्थापितहरूको समन्वय समितिका प्रवक्ता एडम रिजलकाअनुसार सुरक्षा व्यवस्थाको बिग्रँदो अवस्था, खाद्यान्न अभाव र कम वर्षाका कारण उत्पन्न खडेरीले मानिसहरू पलायन हुन बाध्य भएका हुन् । पूर्वी दारफुरका क्षेत्रहरूमा आधारभूत सेवा सुविधाको कमी र बढ्दो भोकमरीले मानिसहरू टाविलातर्फ धपिन थालेका हुन् । स्थानीय द्वन्द्व र युद्धका कारण घरबार छोडेका मानिसहरूले बाटोमा समेत भोक र तिर्खाको सामना गर्नुपरेको छ ।

टाविलामा आश्रय लिइरहेका विस्थापित महिलाहरूले युद्ध र अभावको भयानक कथा सुनाएका छन् । खडेरीले बालीनाली नष्ट हुनु र खानेपानीको समेत अभाव हुनुले उनीहरूको जीवनयापन थप कठिन बनाएको छ । उपलब्ध स्रोत साधन सिमित हुँदा स्थानीय प्रशासनले थप मानवीय सहायता र सुरक्षित करिडोरको माग गरेको छ ।

यद्यपि, विश्व खाद्य कार्यक्रम लगायतका अन्तर्राष्ट्रिय दातृ निकायहरूले पर्याप्त कोषको अभावमा राहत वितरणमा कठिनाइ भइरहेको बताएका छन् । हाल कोषको अभावका कारण विस्थापितहरूलाई मासिक राशनको आधा मात्रै उपलब्ध गराउन सकिएको छ ।

सुडानमा सन् २०२३ को अप्रिलदेखि जारी सरकारी सेना र ¥यापिड सपोर्ट फोर्सेस बीचको युद्धले दशौँ हजारको ज्यान लिनुका साथै लाखौँलाई विस्थापित बनाइसकेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल