काठमाडौँ । जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश उमेश लुइँटेलको इजलासले आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको हो।
सांसद रचना खतिवडाले दिएको जाहेरीका आधारमा प्रसाईं पक्राउ परेका थिए। उनीमाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान भइरहेको थियो।
अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाए प्रसाईं रिहा हुनेछन्।








