५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् ।भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।उनी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुगेका थिए ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका थिए । उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारीलाई भेट्नुअघि जयशंकरले पशुपतिमा पूजाआजा गरेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।