११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान, ९ दिन उतै बस्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका छन् ।

उनी दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् । स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधामन्त्री ओली १० दिनमा स्वदेश फर्किएका थिए। यसपटक पनि सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा उनको स्वास्थ्य जाँचको फलोअप हुनेछ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।

प्रधानमन्त्री ओलीसँगै उनकी प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र प्रमुख स्वीकय सचिव राजेश बज्राचार्य पनि सिंगापुर गएकी छन् ।