५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी



अ+ अ-

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बिग्रेको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्याँस लिक भएर आगलागी भएको हो ।

महानगरीय प्रहरी बृत्त बालाजुका अनुसार विहान करिब ११ बजेर ४० मिनेटदेखि सुरु भएको आगलागी मध्यान्ह १२ बजेर २५ मिनेटमा दमकलको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट एम्बुलेन्ससहित ५ वटा गाडी जलेका छन् ।काठमाडौं महानगरपालिकाका २ वटा र नेपाली सैनिकको एउटा दमकलको सहयोगमा आगो निभाइएको बालाजु प्रहरीले जनाएको छ ।

अहिले आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।