२१ भाद्र २०८३, आईतवार
,
Latest
ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोक्यो, त्रिविमा त्रिपाठी



अ+ अ-

काठमाडौं । सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो ।

चारवटै विश्वविद्यालयका उपकुलपतिहरुको म्याद सकिएकाले कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले कामु उपकुलपतिको जिम्मेवारी दिएको हो ।

त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर सुधा त्रिपाठीले पाएकी छन् ।यस्तै कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन शारदा थपलियालाई दिइएको छ ।

बैठकले संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर रमेश ढकाललाई र पूर्वाञ्चलको कामु उपकुलपतिको जिम्मा सिनियर डिन विजुकुमार थपलियालाई दिएको छ ।