११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा पाँच हजार साना उद्योग थप



अ+ अ-

सुर्खेत । आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेशमा पाँच हजार ७८८ साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गत वर्ष नयाँ उद्योगका रुपमा घरेलु तथा साना, लघु र वाणिज्य प्रकृतिका उद्योग दर्ता भएका हुन् ।

मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले घरेलु तथा साना उद्योगतर्फ तीन हजार ३९७, लघु उद्योगतर्फ ४२६ र वाणिज्यतर्फ एक हजार ९६५ उद्योग दर्ता भएको जानकारी दिए । मझौला र ठूला उद्योगहरु भने दर्ता भएका छैनन् । गाउँगाउँसम्म सडक र बैंक पुगेपछि साना तथा घरेलु उद्योगहरुमा आकर्षण बढेको उनको भनाई थियो ।

मन्त्रालयले प्रदेश राजधानीमा जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया यसै वर्षदेखि शुरु हुने जनाएको छ । “सुर्खेतको भेरीगङ्गा नगरपालिका छिन्चुमा छ हेक्टर जग्गा भोगाधिकारका लागि उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गरिएको छ”, सूचना अधिकारी रोकायाले भने, “अहिले जथाभावी भइरहेको जडीबुटी सङ्कलनलाई एकद्वार गरी व्यवस्थित गर्न प्रयास गर्दैछौँ, त्यसकै लागि प्रशोधन केन्द्र खाँचो रहेको हो ।”

उनले वीरेन्द्रनगरको लाटीकोइलीमा सञ्चालित जडीबुटी प्रशोधन तथा भण्डारण केन्द्रलाई सुविधासम्पन्न बनाउन आवश्यक बजेट विनियोजन भइसकेको जानकारी दिए ।