११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से झिनो अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । यस साता धितोपत्र बजारका कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन आज नेप्सेमा झिनो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९९ बिन्दुले घटेर एक हजार २१३.०६ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२९ बिन्दुले बढेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ ।

कूल १७२ कम्पनीको १० लाख ७७ हजार ७२० कित्ता शेयर रु २६ करोड १६ लाख ७० हजार २०३ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका १२ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने चार उपसमूहको शेयर बढेको छ । बैंकिङ ०.७१, व्यापार ४.८२, विकास बैंक ५.१६, जलविद्युत् २.८६, वित्त ३.७६, निर्जीवन बीमा ४२.०१, उत्पादन ५.११ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ ।

यस्तै होटल ११.१६, अन्य २.३, लघुवित्त १.१७ र जीवन बीमा ६.३ बिन्दुले बढेको छ । कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ९१ लाख ४० हजार ८११ बराबरको कारोवार भयो ।

यस्तै प्रभु बैंक रु एक करोड ६६ लाख ७७ हजार ५५१, कृषि विकास बैंक रु एक करोड २० लाख ७३ हजार १६६, देवः विकास बैंकको संस्थापक शेयर रु ९८ लाख ६२ हजार ३५०, नेपाल बैंक लिमिटेड रु ८७ लाख ८७ हजार ७४६, नेपाल इन्भेस्टमेन्ट बैंक रु ७९ लाख ५७ हजार ७४३ र महालक्ष्मी विकास बैंक रु ७४ लाख १६ हजार ६५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९६ प्रतिशतले कमाए । यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ५.४२, दिव्यश्वरी हाइड्रोपावर ५.२६, रिडी हाइड्रोपावर ४.७६, नबिल इक्विटी फण्डका लगानीकर्ताले ३.८४ प्रतिशतले कमाए ।

यस्तै सिर्जना फाइनान्स ४.७४, विशाल बजार कम्पनी ३.६७, नेपाल इन्स्योरेन्स कम्पनी ३.२४, लक्ष्मी भ्याल्यू फण्ड ३.१७ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.७३ प्रतिशतले गुमाए ।