५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ करोड बराबरको कोकिनसहित एक विदेशी पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले करिब ५ करोड नेपाली रुपैयाँ बराबरको कोकिनसहित एक विदेशी आइभेरिकोष्टका नागरिक राहदानी नंं. १८एटी९५५१४ बाहक ३५ वर्षीय मार्केल गुली पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा बुधबार दिउँसो पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले बताए ।

उनका अनुसार, कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं आएका उनको साथमा एक किलो ६ सय ग्राम लागूऔषध कोकिन बरामद भएको थियो । ‘विमानस्थलको भन्सार अगाडि फेला पारेर उनको साथमा भएको निलो रङको सुटकेश खानतलासी गर्दा फल्सबटम बनाएर लुकाइएको अवस्थामा कोकिन भेटिएको थियो’, प्रसाईंले भने ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी अन्तर्राष्ट्रिय लागूऔषध कारोबारमा संलगन रहेको देखिएको प्रसाईंले बताए । उनीविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।