२१ भाद्र २०८३, आईतवार
,
Latest
ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइटल केयरकाे बदमासी पर्दाफास, संचालक राजेश अग्रवालले १ कराेड १९ लाख ठगी गरेकाे राजस्व अनुसन्धानकाे भनाइ



अ+ अ-

काठमाडाैंः भाइटल हेल्थ केयर प्रालिका संचालक राजेश कुमार अग्रवाल समेतले भन्सार कार्यालयमा न्यून मूल्य घोषणा गरी १ करोड १९ लाख राजस्व चुहावट गरेको कसुरमा राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकाे छ ।

भाइटल हेल्थ केयरका संचालक राजेश कुमार अग्रवाल र सरोज गोयलले भन्सार एजेन्टका प्रतिनिधी तथा ट्रक धनी कुमार खरेल र चालक रन्जन अधिकारी समेतको सहयोगमा भारतको अाेस्टर मेडिसेफ प्रालि भारतबाट पैठारी गरेको ६० हजार १०० थान आई भि सेट वीरगंज भन्सार कार्यालयबाट पैठारी गर्दा राजस्व चुहावट गरेकाे विभागकाे दाबी छ ।

उक्त आई भि सेटमा एमआरपि मूल्य भारु १९६ उल्लेख भएको र भन्सार विभागको चनं ८१ मिति २०७५।५।१५ को पत्रबाट एमआरपि उल्लेख भई पैठारी हुन आएको ५५ भन्सार महसुल लाग्ने मालबस्तुमा एमआरपि (अधिकतम खुद्रा मुल्य) ५५ प्रतिशत मूल्य घोषणा गर्नु पर्नेमा पैठारीकर्ताले ५ प्रतिशत महशुल लाग्ने आई भि सेटमा उल्लेखित प्रति इकाई मूल्य भारु १९६ को ५५ प्रतिशतले हुन आउने भारु १०७।८० भन्सारमा घोषणा गर्नु पर्नेमा सो नगरी राजस्व कम तिर्ने उदेश्यले प्रति इकाई मूल्य भारु १८ मात्र घोषणा गरेकाे पाइएकाे छ ।

सोही मूल्य अनुसार विरगञ्ज भन्सार कार्यालयमा भन्सार महशुल भुक्तानी गरी मालबस्तु पैठारी गरेको विभागकाे भनाइ छ । निज पैठारीकर्ताले आफूले पैठारी गरेको सामानको वास्तविक मूल्य भन्सार कार्यालयमा घोषणा नगरी कम राजस्व तिर्ने उद्देश्यले कम मूल्य घोषणा गरेकाे विभागले जनाएकाे छ ।

विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) २०५२ बमाेजिमकाे कसुर गरेको तथ्य स्थापित भएकाले प्रतिवादीहरु राजेश कुमार अग्रवाल र सरोज गोयललाई पैठारी गरिएको मालबस्तुको नियमानुसार भन्सार महसुल र ढुवानी खर्च समेत जोडी जरिवाना तथा कैद साजयको मागदावी गरेकाे छ ।

भन्सार एजेन्ट कुमार खरेलले उक्त मालबस्तुको कम मूल्य कायम गरी भन्सार जाँचपास गराउने कार्यमा संलग्न देखिएकाे भन्दै विभागले भन्सारमा उक्त सामानहरु भन्सार क्लियरेन्स गराई आफ्नै स्वामित्वमा रहेको ना ७ ख ६२५९ नम्वरको सवारी साधनमा चालक रन्जन अधिकारी समेतको सहयोगमा ढुवानी गरिएकाले निजहरुलाई मतियार मानी सजाय हुन तथा बरामद दशी र ना ७ ख ६२५९ नम्बरकाे मालबाहक ट्रक समेत जफत गर्न माग गरी मुद्दा दर्ता गरिएको जनाएकाे छ ।