१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे
अ अ+ अ-

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रका लागि लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा सभापति गगनकुमार थापालाई शुभकामना सन्देश पठाउँदै खड्गेले दुई देशका राजनीतिक दलबीचको लोकतान्त्रिक सहकार्यको स्मरण गरेका हुन्।

खड्गेले कांग्रेसको महाधिवेशन संस्थापक नेता बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।

‘राष्ट्रिय महाधिवेशन वास्तवमै तपाईंका संस्थापक स्वर्गीय बीपी कोइरालाले अगाडि बढाउनुभएको लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका साथै लोकतान्त्रिक संस्थाहरूको निरन्तर सुदृढीकरणबारे विचार–विमर्श गर्ने महत्वपूर्ण अवसर हो,’ उनले सन्देशमा भनेका छन्।

उनले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको हितमा आपसी समझदारी, ऐक्यबद्धता र सहकार्यको लामो तथा घनिष्ठ इतिहास रहेको उल्लेख गरेका छन्।

‘म यी सम्बन्धहरू र हाम्रा दुई पार्टी तथा दुई देशबीचको स्थायी सम्बन्धलाई उच्च मूल्य दिन्छु,’ खड्गेले भनेका छन्।