१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना

स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला

स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला
अ अ+ अ-

काठमाडौं । ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको सीप तथा रोजगार मेलाअन्तर्गत युवालाई स्थानीय तहमै पुगेर रोजगारीका अवसरसँग जोड्ने कार्यक्रम अघि बढाइएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालय र अरियन्ट कम्पनीको मानव संसाधन विभागका प्रमुखसहितको टोलीले कोशी प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहमा पुगेर स्थानीय युवालाई रोजगारीमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो ।

मेलामा सहभागी हुन चाहने देवानगञ्ज, बर्जु, इनरुवा, रंगेलीलगायत ग्रामीण क्षेत्रका युवालाई इटहरीमा सञ्चालन भइरहेको सीप तथा रोजगार मेला स्थलसम्म पुग्नसमेत सहजीकरण गरिएको छ । स्थानीय तहसम्मै पुगेर युवाको सीप, रुचि र रोजगारीको अवसरबीच समन्वय गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा कोशी प्रदेशको इटहरीस्थित सोल्टी वेस्टेड होटलको प्राङ्गणमा असोज १४ गतेदेखि २० गतेसम्म सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ । मेलामार्फत सीप सिक्न चाहने तथा रोजगारीको खोजीमा रहेका युवालाई रोजगारदाता र विभिन्न सीपमूलक अवसरसँग प्रत्यक्ष जोड्ने प्रयास गरिएको छ ।