१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल
अ अ+ अ-

काठमाडौँ। नेपाल दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ अनन्दराज खनाल अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त हुनुभएको छ ।

आइटियुको दूरसञ्चार विकास ब्युरोले गत सेप्टेम्बर २२ मा खनाललाई उक्त पदमा नियुक्त गरेको हो । उहाँले अक्टोबर १ देखि पदभार सम्हाल्नुभएको छ । आइटियुको आधिकारिक विवरणमा खनालको नियुक्तिलाई दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखका रूपमा उल्लेख गरिएको छ ।

तीन दशकभन्दा बढी समयदेखि दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि (आइसिटी), डिजिटल रूपान्तरण, सार्वजनिक नीति, नियमन, साइबर सुरक्षा, डिजिटल पूर्वाधार तथा नवप्रवर्तनका क्षेत्रमा काम गर्दै आउनुभएका खनालले नेपाल दूरसञ्चार प्राधिकरणमा १५ वर्षभन्दा बढी समय वरिष्ठ नेतृत्व तहमा रहेर काम गर्नुभएको थियो ।

प्राधिकरणमा रहँदा उहाँले दूरसञ्चार तथा आइसिटी नीति, नियमन, ब्रोडब्यान्ड, साइबर सुरक्षा, डिजिटल सेवा तथा अपाङ्गता भएका व्यक्तिका लागि आइसिटी पहुँचलगायत क्षेत्रमा काम गर्नुभएको थियो ।

राष्ट्रिय साइबर सुरक्षा नीति, साइबर सुरक्षा सचेतना मूल्याङ्कन, वायरलेस ब्रोडब्यान्ड मास्टर प्लान तथा साइबर अपराधसम्बन्धी कानुनी व्यवस्थाका लागि भएका पहलमा उहाँको संलग्नता रहेको छ । रासस