२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह



अ+ अ-

वासिङ्टन । संयुक्तराष्ट्र बालकोष ९युनिसेफ०का कार्यकारी निर्देशक हेनरिता फोरले सिरियाका बालबालिकाको सुरक्षामा विश्वका प्रमुख सात औद्योगिक राष्ट्र(जी७) का नेताहरुले विशेष ध्यान दिने विश्वास व्यक्त गरेका छन् । हेनरिताले शुक्रबार जारी गरेको विज्ञप्तिमा सिरियामा सन् २०१९ को शुरुआतदेखि हालसम्म कम्तीमा ४१९ जना बालबालिका मारिएका र झण्डै १६९ जना बालबालिकालाई विद्रोहीले सेनामा भर्ना गरेको उल्लेख छ ।

उत्तरपश्चिम सिरियामा मात्र शैक्षिक संस्थामा ७३ पटक, स्वास्थ्य संस्थामा ४९ पटक र खानेपानीका पूर्वाधारमा २९ पटक आक्रमण भएको युनिसेफको भनाई छ । खानेपानीका पूर्वाधारमा भएको आक्रमणबाट छ लाख १० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए ।

“इड्लिबमा भड्किएको हिंसा अझ व्यापक हुने संकेत पाइएका छन् । यी हिंसाबाट बालबालिका र सर्वसाधारणको मृत्यु वा घाइते हुने सम्भावना अझै बढेको छ । साथै, हिंसाबाट जोगिन ठूलो संख्यामा मानिसहरु पलायन हुने खतरा छ,” हेनरिताले भने ।

सिरियाली द्वन्द्व नवौं वर्षमा प्रवेश गरिसकेको सन्दर्भमा यस युद्धबाट प्रभावित सबै बालबालिकालाई सुरक्षित राख्न र उनीहरुको अधिकार रक्षाका लागि प्रमुख औद्योगिक राष्ट्रको भूमिका महत्वपूर्ण हुने युनिसेफले जनाएको छ ।