१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते
अ अ+ अ-
काठमाडाैँ । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते भएका छन् ।
पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्धार गरिएका घाइते ६५ वर्षीय आत्मराज शर्माको म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ । चक्रपाणि आचार्य, लिलाधर उपाध्याय, आत्मराम शर्मा र मञ्जुला आचार्यको घर तथा सँगै रहेका दुई वटा गोठ पहिरोमा पुरिएका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।
“मालढुङ्गा-बेनी सडकको माथिल्लो क्षेत्रमा धाँजा फाटेको सूचना आएपछि धरै मानिसलाई अन्यत्र सारिएको थियो, घरमै रहेका आत्मरामलाई पहिरोले पुरेको अवस्थामा सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले उद्धार गरेर अस्पताल पुर्‍याएका हौँ”, उहाँले भन्नुभयो, “घाइतेको अवस्था सुधारोउन्मुख छ । विस्थापितलाई मिलनचोकमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छौँ ।”
पहिरोले गोठमा रहेका दुई वटा भैँसी र पाठापाडीलाई पुरेको छ । घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामग्री पहिरोमा पुरिएको छ । करिब १२ रोपनी खेतीयोग्य जमिन पुरिएको छ । आत्मरामलाई गुहार भनिरहेको अवस्थामा रुखले च्यापिएको अवस्थामा उद्धार गरेको छिमेकी रमेश शर्माले बताउनुभयो ।
असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले लामाबगरमा खेतीयोग्य जमिनलाई बगरमा परिणत गरेको छ । कालीगण्डकीले खेतीयोग्य जमिन कटानको जोखिम बनाएको छ ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकको मालढुङ्गा-बेनी खण्ड अवरुद्ध भएको छ । केरा बारीको पहिरो पन्छाउने काम भइरहेको र बुधबारदेखि लामाबगरको पहिरो पन्छाउन डोजर परिचालन गरिने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
पछिल्लो चार दिने झरिका कारण जलजला गाउँपालिकाको नौ वटै वडामा भौतिक क्षति गरेको छ । जलजला गाउँपालिका-८ फर्सेका ६८ वटा घर कालीगण्डकीले बगाएको । कालीगण्डकीको बाढीले लामाखेतका २५ घर डुबानमा परेको छ । धाइरिङमा २५ घर विस्थापित र खानीगाउँमा पनि घरहरुमा जोखिममा रहेका छन् ।
बाढीपहिरो र नदी कटानका कारण असुरक्षित भएका स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय पर्वत तथा विभिन्न निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मङ्गलबारदेखि विपद्ले पुर्याएको क्षतिको विवरण सङ्कलनका लागि टोलटोलमा जनप्रतिनिधि र कर्मचारी परिचालन गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।