१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी
अ अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमका दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

सञ्चार मन्त्रालयमा आज नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध सेवा, पुनःस्थापनाको प्रगति र बाँकी कामबारे जानकारी लिनुभएको हो ।

प्राकृतिक विपत्तिका कारण सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित नागरिकसँगै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय र अन्य सरोकारवाला निकायलाई समेत कठिनाइ हुने भएकाले सेवा पुनःस्थापनालाई उच्च प्राथमिकता दिन उहाँले निर्देशन दिनुभयो ।

तत्काल विद्युत् आपूर्ति पुर्‍याउन नसकिने स्थानमा वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सञ्चालनमा ल्याउन मन्त्री तिमिल्सिनाले टेलिकम व्यवस्थापनलाई निर्देशन दिनुभएको छ । प्रभावित क्षेत्रमा सडक तथा विद्युत् संरचनामा पुगेको क्षति, उपकरण र प्राविधिक जनशक्ति परिचालनको अवस्थाबारे समेत उहाँले जानकारी लिनुभएको थियो ।

छलफलमा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालले बाढी तथा पहिरोबाट विभिन्न साइटमा पुगेको क्षति र सेवा पुनःस्थापनाका लागि भइरहेको कामबारे जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश प्रभावित टावरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको थियो ।

सडक तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेका कारण केही स्थानमा प्राविधिक टोली र आवश्यक उपकरण पुर्‍याउन कठिनाइ भइरहेको टेलिकमले जनाएको छ । विद्युत् आपूर्ति तत्काल पुनःस्थापना गर्न नसकिने स्थानमा हेलिकप्टरमार्फत जेनेरेटर, उपकरण तथा प्राविधिक जनशक्ति पुर्‍याएर सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको सिलवालले बताउनुभयो ।

नेपाल टेलिकमका अनुसार असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा १ हजार १३२ वटा टेलिफोन साइट प्रभावित भएका थिए । तीमध्ये १ हजार २ वटा साइट पुनःसञ्चालनमा आइसकेका छन् भने १३० वटा साइट अझै सञ्चालनमा आउन सकेका छैनन् ।

टेलिकमका अनुसार हाल म्याग्दीमा २४, रोल्पामा १९, मनाङमा १५, प्युठानमा १५, बागलुङमा १३, पाल्पामा ११, गुल्मीमा नौ, अर्घाखाँचीमा सात, दाङमा छ, मुस्ताङमा चार र पर्वतमा तीनवटा टावर सञ्चालनमा आउन बाँकी छन् । कपिलवस्तु, नवलपरासी, गोरखा, लमजुङ, रुपन्देही र स्याङ्जालगायत जिल्लामा पनि केही साइट अझै सञ्चालनमा आउन सकेका छैनन् ।

नेपाल टेलिकमले प्रभावित साइटमा प्राथमिकताका आधारमा प्राविधिक टोली परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको जनाएको छ । सडकमार्गबाट पुग्न नसकिने तथा विद्युत् आपूर्ति तत्काल सम्भव नभएका स्थानमा वैकल्पिक व्यवस्थामार्फत सेवा सञ्चालन गर्ने काम भइरहेको टेलिकमले जनाएको छ।