काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएको छ । आज पार्टी कामका सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिका जाँदा उहाँ दुर्घटनामा पर्नुभएको हो ।
दाहालको सिन्धुली अस्पतालमा उपचार भइरहको छ । उहाँको दाहिने हातमा शल्यक्रिया भएको र अवस्था खतरामुक्त रहेको पार्टीका जिल्ला सहसंयोजक एवं गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
दाहालसँग मोटरसाइकल दुर्घटनामा पर्नुभएका सोही पार्टीका मरिण गाउँपालिका इन्चार्ज पदम अस्थानी मगर पनि घाइते हुनुभएको छ । सामान्य उपचारपछि उहाँ घर फर्किनुभएको छ ।








