१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर

सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिनाको कार्यकाल पूर्णतः असफल भएको टिप्पणी गर्नुभएको छ।

मंगलबार संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले सरकार सुशासन र जनउत्तरदायी भूमिका निर्वाह गर्नुको सट्टा संविधान र लोकतान्त्रिक संस्थाप्रति पूर्वाग्रही बनेको आरोप लगाउनुभयो।

सरकार गठन हुँदा जनतामा देखिएको उत्साह र आशा अहिले निराशामा परिणत भएको उहाँको भनाइ थियो। युवा तथा नयाँ अनुहारको सरकारबाट आर्थिक तथा सामाजिक रूपान्तरण हुने अपेक्षा गरिए पनि सरकार ‘स्टन्ट’ र सस्तो लोकप्रियतामा केन्द्रित भएको उहाँले टिप्पणी गर्नुभयो।

महरले चुनावअघि गरिएका प्रतिबद्धता र सरकारले सार्वजनिक गरेको १०० दिने कार्यसूची कार्यान्वयन हुन नसकेको आरोप लगाउनुभयो। विदेशमा रहेका युवालाई स्वदेश फर्काउने तथा निःशुल्क शिक्षा र स्वास्थ्यको नारा दिएको सरकारले अहिले आफ्ना विरोधीलाई प्रतिशोधका आधारमा थुन्ने काम गरिरहेको उहाँको दाबी थियो।

उहाँले सरकारको कार्यशैली पञ्चायती शैलीको पुनरावृत्तिजस्तो देखिन थालेको बताउनुभयो। विपद्का समयमा समेत समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उहाँले प्रधानमन्त्री र मन्त्रीहरूबाट दम्भ र अहङ्कारपूर्ण अभिव्यक्ति आएको आरोप लगाउनुभयो।

पुनःस्थापनाको काममा राज्य संयन्त्र अस्तव्यस्त बनेको दाबी गर्दै महरले भन्नुभयो, “सरकार टाउकोले टेकेर उल्टो दिशामा हिँडिरहेको छ, त्यसैले यसलाई कुनै नम्बर दिन सकिँदैन।”

महरले सरकारले लोकतान्त्रिक संस्था, विद्यार्थी संगठन र कर्मचारी संयन्त्रमाथि समेत प्रहार गरिरहेको आरोप लगाउनुभयो। कानुनी राज्यको मर्मविपरीत विना अभियोग र प्रमाण व्यक्तिलाई पक्राउ गर्ने तथा थुन्ने काम भइरहेको भन्दै उहाँले सरकारको कार्यशैली स्वेच्छाचारी र निरङ्कुश भएको जिकिर गर्नुभयो।