काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयबाट प्रस्तावित विषयमा छलफल हुने बताइएको छ। बैठकले आवश्यक निर्णयसमेत गर्ने जनाइएको छ।








