१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो

‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल

‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले सरकारले ल्याएको ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत रहेको टिप्पणी गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद कँडेलले केवल दलगत स्वार्थ पूरा गर्ने उद्देश्यले कानूनका व्यवस्था हटाउने र पुनः जगाउने प्रवृत्तिले मुलुकमा सुशासन तथा स्थायित्व कायम हुन नसक्ने बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतको पूर्वनजिरलाई उद्धृत गर्दै अध्यादेश निष्क्रिय भएपछि पुरानै कानूनी व्यवस्था स्वतः सक्रिय हुने अवस्था रहेकाले पुनः कानून जगाउन विधेयक ल्याउनुको औचित्यमाथि प्रश्न उठाउनुभयो ।

“सिके राउतसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले अध्यादेश निष्क्रिय भएपछि पुरानै व्यवस्था स्वतः सक्रिय हुने नजिर स्थापित गरिसकेको अवस्थामा फेरि विधेयक ल्याउनुको कुनै तुक छैन,” उहाँले भन्नुभयो, “तीन–तीन महिनामा आफ्नो स्वार्थअनुसार कानूनका दफा हटाउने र पुनः जगाउने प्रवृत्तिले देशमा थिति बस्दैन । यो विधेयक नितान्त पार्टीगत स्वार्थबाट प्रेरित छ ।”

पुरानो कानून नै पुनः सक्रिय गराउने हो भने त्यसबेला नियुक्त भएका पदाधिकारी र अन्य संरचनालाई समेत पुनः सक्रिय गराउनुपर्ने भन्दै उहाँले सरकारको कदमप्रति व्यङ्ग्य गर्नुभयो । यस्तो प्रक्रियाले लोकतन्त्र र कानूनी शासनलाई बलियो नबनाउने उहाँको भनाइ थियो ।

वर्तमान सरकारले स्थायित्व र सुशासनको नारासहित सत्ता सम्हालेको स्मरण गराउँदै सांसद कँडेलले कानूनी अस्थिरता सिर्जना गर्ने यस्ता कदमले मुलुकको अर्थतन्त्र तथा लगानीको वातावरणमा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी दिनुभयो ।

सत्तामा पुग्नुअघि सुशासन र विधिको शासनको कुरा गर्ने दलले नै गैरकानूनी बाटो अवलम्बन गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै उहाँले सरकारको कदममाथि पुनर्विचार गर्न आग्रह गर्नुभयो ।