५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार लामिछाने र कँडेलको बयान सकियो: थुनछेक बहस सुरु



अ+ अ-

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको जिल्ला अदालत, चितवनमा बयान सकिएको छ । यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो ।

‘बिहान साढे १० बजे उहाँहरुलाई अदालत उपस्थित गराइएको थियो’, जिल्ला अदालत, चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले भने, ‘अहिले पौने १ बजे बयान सकिएको छ ।’ बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको उनले बताए । उनका अनुसार, जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो ।

वादी र प्रतिवादीको बहसपछि अदालतले तीनै जनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश जारी गर्नेछ । तर, बहस नसकिएको हकमा पुनः सबैलाई जिल्ला प्रहरी कार्यालय, चितवनकै हिरासतमा राखि मंगलबार बिहान पुनः उपस्थित गराइनेछ ।