५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै हुने: राष्ट्रपति ट्रम्प



अ+ अ-

बियारिज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः शुरु हुने बताएका छन् । फ्रान्सको बियारिजमा जारी सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी भएका राष्ट्रपति ट्रम्पले संवाददाताहरुसँग भने, गएराति चीनबाट फोन आयो, र उनीहरुको भनाई वार्ताको टेबलमा बसौं भन्ने छ । त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौं ।

दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ ।
राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीहरुका भनाई निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताएका हुन् । गत शुक्रबार राष्ट्रपति ट्रम्पले चीनले अमेरिकी सामानको मुल्यवृद्धि गरेपछि अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा करवृद्धिको घोषणा गरेका थिए ।

संयुक्तराज्य अमेरिकाले चिनियाँ व्यापार मोडेलमै परिवर्तन ल्याउन र व्यापक सुधार गर्न दबाब दिइरहेको छ । तर, अमेरिकी गठबन्धनका मुलुकहरुले चीनसँगको व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्तिने आशंका गरिरहेका छन् ।