१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री बादीले मन्त्रालयको नाम परिवर्तन सँगै सामाजिक सुरक्षाको जिम्मेवारीसमेत थपिएकाले आवश्यक कानुनी एकरुपताका लागि विधेयक ल्याउनुपरेको बताउनुभयो ।

यसअघि उक्त प्रस्ताव माथिको छलफलमा भाग दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफ्साना बानुले महिलाको सम्मान र सशक्तीकरणबिना राष्ट्रको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै प्रस्तावित विधेयकमा पूर्ण समर्थन रहेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद यज्ञमणि न्यौपानेले विधेयकले राज्यले न्याय दिन सक्ने अनुभुति गराएको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले विधेयक ल्याउँदा त्यसको औचित्यता र कारणमा प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद टुकाभद्रा हमालले असहाय नागरिक, अपाङ्गता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुनुपर्ने बताउनुभयो । बैठकमा सांसदहरु अम्बिकादेवी सङ्ग्रौला, गणेशबहादुर विश्वकर्मा, ज्ञानु पौडेल, गुरुप्रसाद बराल, सुशीला ढकाल (आचार्य), साजिदा खातुन सिद्धिकी, लालविक्रम थापा, बिश्वराज पोखरेल र पार्वती विकले विधेयक माथिको छलफलमा भाग लिइ आ–आफ्ना धारणा राख्नुभएको थियो ।