१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध
अ अ+ अ-

काठमाडौं । मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् र इन्टरनेट संरचनामा क्षति पुर्‍याएपछि शनिबार रातिदेखि यहाँ विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

वर्षाका कारण बाढीपहिरो र नदी कटानले पर्वतको डिमुखाबाट आउने ३३ केभिए विद्युत् प्रसारण लाइनको खम्बामा क्षति पुगेकाले उक्त प्रसारण लाइनसँग सम्पर्क टुटेको जोमसोमस्थित विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाका प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो ।

बाढीपहिरोले पर्वत र म्याग्दी खण्डमा विद्युत् संरचनामा क्षति पुगेकाले म्याग्दी दाना सवस्टेशनसमेत चार्ज हुन नसक्दा बन्द भएको उहाँको भनाइ छ । बाढीले विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा क्षति भएसँगै म्याग्दीको उत्तरखण्डको अवस्थाको जानकारी लिन थप समस्या भइरहेको कार्यालय प्रमुख थकालीले बताउनुभयो ।

यसैबीच बाढीले विद्युत् र इन्टरनेट सेवामा क्षति पुर्‍याए पनि आइतबार साँझ म्याग्दीको बेनीसम्म विद्युत् प्रसारण लाइन मर्मत गरी सञ्चालनमा आइसकेको छ । ३३ केभिए प्रसारण लाइन र दाना सवस्टेशनको अवस्थाबारे थप अध्ययन गर्न जोमसोमबाट एक टोली त्यसतर्फ प्रस्थान गरिसकेका प्रमुख थकालीले उल्लेख गर्नुभयो ।

यसैगरी वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिका-३ स्थित केही स्थानमा रुख ढलेर विद्युत्का खम्बामा क्षति पुगेको भन्दै अहिले मौसम खुलेकाले उक्त स्थानमा विद्युत् प्रसारण लाइनको मर्मत गर्न प्राविधिक टोली त्यसतर्फ प्रस्थान गरिसकेको प्रमुख थकालीले बताउनुभयो ।

बाढीपहिरोका कारण अवरुद्ध सेवा सञ्चालन गर्न निरन्तर पहल भइरहेको जनाउँदै आज साँझसम्म सेवा नियमित हुने गरी प्राविधिक टोली कार्यस्थलमा खटिएका उहाँले बताउनुभयो ।

वर्षासँगैको बाढीपहिरो र नदी कटान गरेकाले विद्युत्सँगै फाइबर इन्टरनेट प्रसारण लाइनमा क्षति पुगेकाले पछिल्लो ३६ घण्टादेखि मुस्ताङमा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ । पर्वत र म्याग्दी खण्डका दर्जनौँ स्थानमा फाइबर नेटका संरचनामा क्षति पुगेकाले इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकम जोमसोमका कार्यालय प्रमुख हुम भुजेलले जानकारी दिनुभयो ।

अवरुद्ध संरचनाको मर्मत गरी म्याग्दीको बेनीसम्म सेवा सहज भइसकेको जनाउँदै उहाँले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा अझै सञ्चालन हुन नसकेको बताउनुभयो ।

म्याग्दीको बैसरी, थासाङको लेतेलगायत स्थानमा फाइबर नेटको प्रसारण लाइन मर्मत कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । प्रमुख भुुजेलका अनुसार अप्टिकल फाइबर नेट सेवा अवरुद्ध भए पनि मुस्ताङका केही स्थानमा नेपाल टेलिकमको जिपिएस रेडियो लिङ्कबाट टेलिफोन तथा फोरजी सेवा चलिरहेको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ छुसाङदेखि माथि कोरलानाकासम्म सोलार प्रविधिबाट रेडियो लिङ्क सञ्चालन भएकाले टेलिफोन र फोर सेवा चलाउन सकिने अवस्था रहेको उहाँको भनाइ छ । अवरुद्ध अप्टिकल फाइबर नेट सेवा छिटोभन्दा छिटो सञ्चालन गर्न प्राविधिक टोली जुटिरहेकाले आज साँझसम्म सेवा नियमित रूपमा सञ्चालन हुनसक्ने कार्यालय प्रमुख भुजेलले बताउनुभयो ।