११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर

विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा

विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा
अ अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले उच्च शिक्षा प्रदायक संस्था र तालिम प्रदायक प्रतिष्ठानबीचको सुमधुर सहकार्यबाट मात्रै मुलुकको प्रशासनिक क्षमता अभिवृद्धि गर्न सकिने बताउनुभएको छ ।

ललितपुरमा आयोजित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ४४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले प्राज्ञिक ज्ञान र व्यावहारिक व्यवस्थापनबीचको तालमेल आजको आवश्यकता भएको बताउनुभयो ।

उपकुलपति थापाले आफू प्राज्ञिक वातावरणबाट प्रशासनिक जटिलता बोकेको विश्वविद्यालयको नेतृत्वमा पुगेको प्रसंग उल्लेख गर्दै व्यवस्थापकीय कौशलको अभावमा ठूला संस्थाहरूमा समेत समस्या देखिने गरेको बताउनुभयो । विश्वविद्यालयबाट प्राप्त हुने सैद्धान्तिक ज्ञान मात्रै निजामती वा सुरक्षा क्षेत्रको प्रभावकारी कार्यसम्पादनका लागि पर्याप्त नहुने भन्दै उहाँले निरन्तर तालिम र व्यावहारिक प्रशिक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयमा देखिएको ३२ अर्ब रुपैयाँ बेरुजुको विषयलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले जानीजानी गलत काम गरिएका कारण मात्रै बेरुजु देखिएको नभई शिक्षकहरूमा पर्याप्त प्रशासनिक तथा व्यवस्थापकीय दक्षता नहुँदा निर्णय प्रक्रियामा त्रुटि हुने गरेको बताउनुभयो ।

उहाँले विश्वविद्यालय र तालिम प्रदायक संस्थाबीचको सम्बन्ध अझ बलियो र सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । त्रिभुवन विश्वविद्यालय र अन्य तालिम प्रतिष्ठानलाई एकीकृत ढाँचामा जोडेर एकअर्काका अनुभवबाट सिक्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

डा. थापाले प्राज्ञिक कामसँगै प्रशासनिक तथा व्यवस्थापकीय दक्षताको निरन्तर विकास आवश्यक रहेको बताउँदै यस्तो क्षमता एकपटकको अध्ययन वा तालिमबाट मात्र प्राप्त नहुने उल्लेख गर्नुभयो । समयअनुसार आफूलाई परिमार्जन गर्दै लैजानु निरन्तर प्रक्रिया भएको उहाँले बताउनुभयो ।

विश्वविद्यालय र तालिम संस्थाले एकअर्काको अनुभवबाट सिक्दै अघि बढे मात्रै संस्थागत गन्तव्यसँगै राष्ट्रिय उद्देश्यसमेत पूरा गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।