२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यालय प्रमुखको दादागिरी, कर्मचारी आन्दोलित



अ+ अ-

वीरेन्द्रनगर । कार्यालय प्रमुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

कार्यालय प्रमुख डम्बर गौतमले आफूहरूको हकहितविपरीत काम गरेको आरोप लगाउँदै उनीहरूले चरणबद्ध आन्दोलनसमेत घोषणा गरेका छन्।

मंगलबार पत्रकार सम्मेलनमार्फत उनीहरूले कार्यालय प्रमुखले पदीय मर्यादाविपरीत संस्थामा कार्यरत कर्मचारीको अहित हुने काम गरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए।

संस्थामा कार्यरत दैनिक ज्यालादारीलाई करारमा राख्ने, करारलाई स्थायी बनाउने र एक पटक पनि बढुवा नभएका स्थायी कर्मचारीलाई बढुवा गर्ने संस्थाको निर्णय कार्यान्वन गर्न कार्यालय प्रमुखले अवरोध सिर्जना गर्दै आएको उनीहरूको गुनासो छ।

कर्मचारीको प्रगति देख्न नचाहने कार्यालय प्रमुख गौतमलाई असहयोग गर्ने, समन्वय र सहकार्य नगर्ने निर्णय कर्मचारीले गरेको श्रमिक ट्रेड युनियनका अध्यक्ष गणेशमान खनालले बताउनुभयो।

‘कर्मचारीको उचित व्यवस्थापन नभएसम्म भदौ १२ गतेसम्म कार्यकक्ष बाहिरै बसेर काम गर्ने निर्णय गरेका छौं’, उहाँले भन्नुभयो– ‘१३ गतेदेखि खानेपानी वितरणबाहेकका दैनिक मर्मत संभार, धारा जडानजस्ता काम ठप्प पार्छौं।’

भदौ १८ गतेदेखि महसुल नबुझ्ने र भदौ २१ गतेसम्म पनि समस्या समाधान नभए आन्दोलनलाई थप सशक्त पर्ने निर्णय श्रमिक ट्रेड युनियनले गरेको समेत अध्यक्ष खनालले बताउनुभयो।

दैनिक ज्यालादारी, करार र स्थायी गरी अहिले संस्थामा ६२ जना कर्मचारी कार्यरत रहेको संस्थाका इन्जिनियर बालाराम तिवारीले बताउनुभयो। कार्यालय प्रमुखबाहेक ६१ जना कर्मचारी आन्दोलनमा उत्रिएको दाबीसमेत उहाँको छ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीले आफूहरूको समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारसहित सबै सरोकारवाला पक्षसँग आग्रह पनि गरेका छन्।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।