१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल
अ अ+ अ-

काठमाडौँ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी शरणार्थीका लागि कार्यरत मुख्य निकाय युएनआरडब्ल्युएको कार्यक्षमता र भविष्य संकटमा रहेको भन्दै तत्काल राजनीतिक र आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ ।

न्यूयोर्कमा आयोजित राष्ट्रसंघीय महासभाको साइडलाइन बैठकमा उनले युद्धका कारण संस्थाले भोग्नुपरेको मानवीय क्षति र इजरायलबाट भइरहेका अवरोधप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयता युएनआरडब्ल्युएले अभूतपूर्व चुनौती र क्षति व्यहोरिरहेको महासचिव गुटेरेसले बताउनु भयो । युद्धको यो अवधिमा संस्थाका करिव ४०० जना कर्मचारीले ज्यान गुमाएका छन् भने कैयौं कार्यालयहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन् ।

विशेषगरी पूर्वी जेरुसेलममा विद्यालय र स्वास्थ्य केन्द्रहरू जबर्जस्ती बन्द गराइएको, बिजुली र पानीको आपूर्ति अवरुद्ध पारिएको र मुख्यालयमा अनधिकृत प्रवेश भई संरचनामा क्षति पु¥याइएको महासचिवको भनाइ छ । उहाँले यी कार्यहरू अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत रहेको टिप्पणी गर्नुभयो ।

राजनीतिक रूपमा पनि संस्थाले निरन्तर दबाब र दुष्प्रचारको सामना गरिरहेको छ । इजरायलले आफ्ना कर्मचारीलाई भिसा दिन इन्कार गर्ने, समन्वय बैठकबाट बाहिर राख्ने र कर्मचारीलाई धम्काउने काम गरिरहेको छ । यसका अतिरिक्त, संस्था अहिले १० करोड अमेरिकी डलरको गम्भीर आर्थिक घाटाको चपेटामा छ, जसले गर्दा लाखौं शरणार्थीको जीविकामा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

महासभाले डिसेम्बरमा मात्रै तीन वर्षका लागि संस्थाको म्यान्डेट नवीकरण गरे पनि हालको अवस्थामा काम गर्न असम्भवप्रायः बनेको गुटेरेसले औंल्याउनु भयो । उहाँले क्षेत्रीय स्थिरता कायम राख्न र प्यालेस्टिनी शरणार्थीको अधिकार रक्षाका लागि सदस्य राष्ट्रहरूलाई तत्काल ठोस कदम चाल्न आग्रह गर्नुभयो ।   सिन्ह्वा/न्युज एजेन्सी नेपाल