८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
अ+ अ-

लमजुङ। केही दिन मुलुकभर भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएसँगै विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरण तथा विद्यार्थी, शिक्षक र कर्मचारीको सुरक्षालाई दृष्टिगत गर्दै लमजुङका पाँच स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

बेँसीसहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिका तथा क्व्होलासोथार र दोर्दी गाउँपालिकाले आज छुट्टाछुट्टै सूचना जारी गरी विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

चार स्थानीय तहले शुक्रबार एक दिन विद्यालय बन्द गर्ने जनाएका छन् भने मध्यनेपाल नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने जनाएको छ ।

विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङ पनि पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

सोही अवस्थालाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी आवश्यकताअनुसार असोज ८ र ९ गते विद्यालयमा बिदा गराउन स्थानीय तहलाई अनुरोध गरेको छ ।

बेँसीसहर नगरपालिकाले नगर क्षेत्रमा निरन्तर वर्षा भइरहेको र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो। नगरले उक्त बिदा अन्य बिदामा समायोजन गर्ने जनाएको छ।

सुन्दरबजार नगरले पहिरो, भूक्षय जानसक्ने, खोलानाला बढ्ने, सडक अवरुद्ध हुनेलगायत जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण शैक्षिक संस्था सञ्चालन नगर्ने जनाएको छ ।

नगरपालिकाले अत्यावश्यक कामबाहेक टाढा तथा जोखिमयुक्त यात्रा नगर्न र जोखिम देखिएमा सुरक्षित स्थानमा सर्नका लागि तयार रहन पनि आग्रह गरेको छ । मध्यनेपाल नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न अनुरोध गरेको छ ।

दोर्दी गाउँपालिकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

उक्त बिदा शैक्षिक क्यालेन्डरको हिउँदे बिदाबाट एक दिन घटाई मिलान गर्ने र विद्यालयले सट्टा पठनपाठनको व्यवस्था मिलाउने जनाएको छ। क्व्होलासोथार गाउँपालिकाले पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै सम्पूर्ण विद्यालय एक दिन बन्द गर्ने जनाएको छ ।

गाउँपालिकाले बिदाको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा बाढी, पहिरो, हिमपात, हावाहुरी र चट्याङको सम्भावित जोखिमबाट सुरक्षित रहन आग्रह गरेको छ। भारी वर्षासँगै बाढी, पहिरो, भूक्षय, खोलानालामा पानीको बहाव बढ्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले स्थानीय तहहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जोखिमयुक्त नदी तथा खोलाका किनार र पहिरो सम्भावित क्षेत्रमा नजान तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन पनि अनुरोध गरेका हुन् । रासस