१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण दक्षिण सुडानमा ८३५,००० मानिस प्रभावित :राष्ट्रसंघ



अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ।  खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ।

गत मे यता देशका करिब ८३५,००० मानिस बाढीबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ । प्रभावित भएका मध्ये ८० प्रतिशतभन्दा बढी जोङ्लेई, एकता र माथिल्लो नाइल राज्यका रहेको कार्यालयले जनाएको छ ।

तेलको धनी राज्यको राजधानी बेन्टिउले छ दशकमा सबैभन्दा खराब बाढीको सामना  यस  पालि गरेको छ र राज्यका २००,०००  भन्दा बढी मानिसहरू विस्थापित भएका छन् र उनीहरूलाई सहयोगको आवश्यकता छ ।

कार्यालयका अनुसार, पछिल्लो ११ महिनामा दक्षिण सुडानमा मानवीय एजेन्सीहरूले  ६१९,००० मानिसहरूलाई खानपानको व्यवस्था गरेका छन् र लगभग ४७७,००० मानिसहरूलाई आपतकालीन पानी, सरसफाइ र स्वच्छता राहत वितरण गरेका छन् भने २२७,००० मानिसहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

 ूआन्तरिक रूपमा विस्थापित व्यक्तिहरूका लागि नयाँ बसोबास क्षेत्रहरू पहिचान रिएकामा पाँच वर्ष मुनिका बालबालिकाहरूमा कुपोषणको चिन्ताजनक  अवस्था देखिएको छ यसले देशमा पहिले नै २० लाख मानिस आन्तरिक रुपमा विस्थापित रहेको उल्लेख गरेको छ। (रासस/ सिन्ह्वा)