७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा

अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापाले पार्टीभित्रको नेतृत्व विवाद र गुटगत ध्रुवीकरण अन्त्य गर्दै आगामी निर्वाचनमा एमाले एकढिक्का भएर जानुपर्ने बताएका छन्।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै थापाले राष्ट्रिय कार्यभार र निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने समयमा पार्टी आन्तरिक विवादमा अल्झिन नहुने बताए।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आत्मसमीक्षामा आधारित र पार्टी पुनर्जागरणमा केन्द्रित रहेको भन्दै उनले प्रतिवेदनको स्वागत गरे।

थापाले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि मात्रै थोपर्न नहुने धारणा राखे। महाधिवेशनमा प्यानल बनाएर नेतृत्व चयन गरिएको अभ्यासको असर निर्वाचन परिणाममा समेत देखिएको भन्दै उनले त्यसको जिम्मेवारी सामूहिक रूपमा लिनुपर्ने बताए।

उनले अध्यक्ष ओलीको नेतृत्वमा जनतामाझ जान नसकिने भन्ने भाष्य निर्माण गरेर पार्टीलाई कमजोर पार्न नहुने बताए। नेतृत्व परिवर्तनलाई मात्रै पार्टीका सबै समस्याको समाधानका रूपमा प्रस्तुत गर्न नहुने उल्लेख गर्दै उनले दुई कार्यकाल र ७० वर्षे उमेरहदलाई पनि ‘रामबाण उपचार’ का रूपमा बुझ्न नहुने बताए।

नेतृत्व निर्माण, पुस्तान्तरण र जिम्मेवारी हस्तान्तरणका विषय राजनीतिक प्रतिवेदनमा स्पष्ट रूपमा समेटिएको उनको भनाइ थियो।

थापाले पार्टीको पराजयको कारण खोज्न गठित कार्यदल पात्र खोज्ने दिशामा बढी केन्द्रित भएको टिप्पणी गरे। पार्टी किन पराजित भयो भन्ने वस्तुगत कारण पहिचान गर्नुपर्नेमा को जिम्मेवार हो भन्ने बहसमा मात्रै केन्द्रित हुन नहुने उनले बताए।

पार्टीभित्रको गुटगत ध्रुवीकरण लुम्बिनी प्रदेशको पहिलो अधिवेशनदेखि तीव्र बनेको उल्लेख गर्दै थापाले प्यानल संस्कृति र विभाजनकारी प्रवृत्तिबाट पार्टीले शिक्षा लिनुपर्ने बताए। आन्तरिक विभाजनका साथ निर्वाचनमा सफलता हासिल गर्न नसकिने भन्दै उनले एमाले एकताबद्ध भएर चुनावी मैदानमा जानुपर्नेमा जोड दिए।

अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने विषय पार्टीका विभिन्न तहका बैठक तथा ११औँ महाधिवेशनबाट अस्वीकृत भइसकेको दाबी गर्दै थापाले त्यसलाई निरन्तर सार्वजनिक बहसको विषय बनाउन नहुने बताए। पार्टीलाई अन्त्यहीन बहसको ‘डिबेट क्लब’ बनाउन नहुने भन्दै उनले महाधिवेशनका निर्णय र पार्टी विधि सबैका लागि बाध्यकारी हुनुपर्ने बताए।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह नेतृत्वको स्थानीय सरकारले अध्यक्ष ओलीमाथि गरेको व्यवहारलाई व्यक्तिगत विषयका रूपमा नभई पार्टी नेतृत्वमाथिको आक्रमणका रूपमा बुझ्नुपर्ने धारणा पनि थापाले राखे। उक्त विषयमा पार्टीभित्र एकीकृत दृष्टिकोण बन्न नसक्नु कमजोरी भएको उनको भनाइ थियो।

भदौ २३ र २४ गतेका घटनाबारे पनि पार्टीले साझा दृष्टिकोण बनाउनुपर्ने थापाले बताए। उपलब्ध तथ्य तथा प्रमाण, विभिन्न आयोगका प्रतिवेदन, ग्रेजोनको खुलासा र मानवअधिकारसम्बन्धी अध्ययनको विश्लेषण गर्दै सत्यतथ्य अभिलेखीकरणका लागि निष्पक्ष नागरिक छानबिनको पहल गर्नुपर्ने उनले बताए।

अध्यक्ष ओली तथा उपाध्यक्ष–महासचिवबीच पछिल्लो समय देखिएको सम्बन्धको तिक्तताले पार्टीपंक्तिमा निराशा बढाएको उल्लेख गर्दै थापाले नेतृत्व तहबीच पुनः विश्वास र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गरे। केही महिनाअघि व्यक्त गरिएको सहकार्यको प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

थापाले पार्टी र नेतृत्वविरुद्ध फैलाइएका कुप्रचारको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गर्दै सरकारका संविधानविरोधी तथा जनविरोधी गतिविधिविरुद्ध सशक्त रूपमा आवाज उठाउनुपर्ने बताए। आत्मनिन्दा, गुनासो र विभाजनमा ऊर्जा खर्च नगरी पार्टीलाई थप एकताबद्ध र क्रियाशील बनाउँदै असफलताबाट सफलतातर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए।