७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य रमेश बडालले पार्टीलाई पुनः सक्रिय र एकताबद्ध बनाउँदै सरकारका गलत कामविरुद्ध सशक्त रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बडालले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक दृष्टिकोणलाई आधारभूत रूपमा समर्थन गर्दै वर्तमान राजनीतिक परिस्थिति चुनौतीपूर्ण बन्दै गएको बताएका हुन्।

उनले जनस्तरमा बढ्दै गएको निराशाको प्रभाव पार्टी पंक्तिमा समेत परेको उल्लेख गर्दै संगठनलाई पुनः सक्रिय बनाउँदै जनतासँगको संवादलाई सशक्त बनाउनुपर्नेमा जोड दिए। पार्टीका सबै तहका कमिटीलाई प्रभावकारी रूपमा क्रियाशील बनाएर एमालेविरुद्ध फैलाइएका भ्रम चिर्न र वास्तविक तथ्य जनतासम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

बडालले वर्तमान सरकारका गतिविधिबारे जनतालाई जानकारी गराउँदै निराश कार्यकर्ता र आम नागरिकमा आशावादिता जगाउने अभियान सञ्चालन गर्नुपर्ने बताए। त्यसका लागि पार्टीको संगठनात्मक संरचनालाई थप चुस्त र प्रभावकारी बनाउनुपर्ने उनले धारणा राखे।

सरकारविरुद्ध राजनीतिक अभियान सञ्चालन गर्दा एमालेमाथि थप राजनीतिक तथा वैचारिक आक्रमण हुन सक्ने भन्दै बडालले पार्टीले त्यसका लागि पूर्वतयारी गर्नुपर्ने बताए। चुनावपछि अध्यक्ष ओलीमाथि केन्द्रित आक्रमण क्रमशः सिंगो पार्टीविरुद्ध लक्षित हुन सक्ने उनको दाबी थियो।

उनले नेता–कार्यकर्तामाथि विभिन्न प्रकारका दबाब सिर्जना गर्ने, मुद्दा लगाउने तथा पार्टीविरुद्ध विभिन्न शक्तिहरू सक्रिय हुन सक्ने सम्भावनासमेत औंल्याए।

बडालले पार्टीभित्रै रहेर पार्टीविरुद्ध गतिविधि गर्ने व्यक्तिहरूबाट समेत चुनौती आउन सक्ने बताए। केन्द्रीय कमिटीले एकताबद्ध निर्णय सार्वजनिक गरेपछि त्यसलाई कमजोर पार्ने प्रयास हुन सक्ने भन्दै उनले पार्टी नेतृत्व सचेत रहनुपर्ने धारणा राखे।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत एमालेविरुद्धको अभियान थप तीव्र हुन सक्ने अवस्था रहेको उल्लेख गर्दै उनले त्यसको सामना गर्न पार्टीले राजनीतिक, वैचारिक र संगठनात्मक रूपमा तयारी गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक दृष्टिकोणमा यस्ता सम्भावित चुनौतीको सामना गर्न पार्टीले अपनाउने पूर्वतयारी र रणनीतिलाई समेत स्पष्ट रूपमा समेट्नुपर्ने सुझाव बडालले दिएका छन्।