६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण
अ+ अ-
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा राहत वितरणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउने सडक तत्काल मर्मत गर्न र विस्थापित नागरिकको सुरक्षित पुनर्स्थापनाका लागि ठोस योजना ल्याउन सरकारसँग माग गर्नुभएको हो ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि त्यहाँको अवस्था अत्यन्तै दर्दनाक रहेको जानकारी गराउँदै उहाँले राहत बोकेका सवारीसाधनसमेत हिलोमा फसिरहेको बताउनुभयो । पूर्वाधार मन्त्रालयअन्तर्गत निर्माण हुन लागेको वैकल्पिक सडकको कामलाई तीव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद राईले भूकम्पपछि निर्माण गरिएका घरहरू स्थानीय आवश्यकता र भौगोलिक अवस्थाअनुसार नभएको पनि बताउनुभयो । प्रभावित नागरिकलाई एकमुष्ट अनुदान उपलब्ध गराएर उनीहरूलाई आफ्नो आवश्यकता र शैलीअनुसार घर निर्माण गर्न दिनुपर्ने उहाँको सुझाव थियो ।

बैठकमा सांसद राईले राजनीतिक विश्लेषक भरत दाहालको गिरफ्तारीको विषयसमेत उठाउनुभयो । अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने व्यक्तिलाई पक्राउ गर्नु उचित नभएको बताउँदै उहाँले सरकारमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाउनुभयो ।

उहाँले देशमा बढ्दो महँगी नियन्त्रण गर्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हटाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।