काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले असोज ८, ९ र १० गतेसम्म हुने भारी वर्षाको सम्भावनाबारे मौसम पूर्वानुमान महाशाखाबाट जानकारी लिनुभएको छ।
उहाँहरूले मौसम पूर्वानुमान महाशाखामा पुगेर आगामी तीन दिनको मौसमको अवस्था, भारी वर्षाको सम्भावना तथा त्यसबाट पर्न सक्ने सम्भावित प्रभावबारे जानकारी लिनुभएको हो।
असोज ८ देखि १० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन तथा मौसमसम्बन्धी सूचना र पूर्वसूचनालाई ध्यान दिन आग्रह गरिएको छ।








