६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही

जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेन–जी आन्दोलनका दोषीलाई कारबाही गर्न सरकार असफल भएको भन्दै प्रश्न उठाउनुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनमा दोषी देखिएकामाथि कारबाही गर्न सिफारिस गरेको ६ महिना बितिसक्दा पनि उनीहरू पक्राउ नपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले आन्दोलनमा दोषी देखिएका व्यक्तिहरू सत्तापक्ष वा प्रतिपक्ष जुनसुकै दलसँग सम्बन्धित भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो। दोषीलाई पक्राउ गर्न नसके सरकारको नेतृत्वले सत्तामा बसिरहनुको औचित्य नरहेको उहाँको भनाइ थियो।

“अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन ? यदि पक्रिन सक्नुहुन्न भने यो सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ?” उहाँले प्रश्न गर्नुभयो।

सांसद शाहीले भोटेकोशी बाढीका कारण सुरुङमा फसेका नागरिकको उद्धारमा राज्यले चरम ढिलाइ गरेको भन्दै आपत्ति जनाउनुभयो। राज्यसँग पर्याप्त स्रोतसाधन र सुरक्षा जनशक्ति हुँदाहुँदै उद्धारमा सात दिनसम्म ढिलाइ हुँदा बाँच्न सक्ने नागरिकको समेत ज्यान गएको उहाँले बताउनुभयो।

उहाँले यस्तो ढिलाइलाई राज्यबाट भएको ‘हत्या’ को संज्ञा दिँदै नागरिकको जीवनरक्षामा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।

“राज्यसँग खर्बौँको बजेट छ, सुरक्षा जनशक्ति छ। यति धेरै स्रोतसाधन हुँदाहुँदै पनि नागरिकको जीवन बचाउन नसक्नु लज्जास्पद विषय हो,” उहाँले भन्नुभयो।