६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग
अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले धनकुटा नगरपालिकास्थित पर्यटकीय क्षेत्र हिले बजारमा लामो समयदेखि रोक्का रहेको जग्गा तत्काल फुकुवा गर्न सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले जग्गा रोक्का हुँदा स्थानीय बासिन्दा तथा व्यवसायीको अर्बौँ रुपैयाँको लगानी जोखिममा परेको बताउनुभयो। उहाँले भूमिसुधार मन्त्रालयमा रोकिएको प्रक्रिया तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद राईका अनुसार भारत, बंगलादेश, भुटान तथा सिक्किमबाट समेत पर्यटक आउने ऐतिहासिक हिले बजारमा जग्गा रोक्काका कारण आर्थिक गतिविधि सुस्त बन्दै गएको छ।

उहाँले वि.सं. २०६६ मा उत्तरपानी चिया बगान प्रणालीअन्तर्गत रहेको १ हजार १५१ रोपनी जग्गामध्ये १४८ रोपनी मन्त्रालयको निर्णयअनुसार सट्टापट्टा गरी विभिन्न सार्वजनिक संरचना निर्माण तथा स्थानीयलाई लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो।

उक्त जग्गामा संघीय सरकारको बजेटबाट खेलमैदान, नगरपालिकाको बजेटबाट बसपार्क, वडा कार्यालयको पहलमा समाधिस्थल र वक्रकुण्ड मन्दिर निर्माण हुनुका साथै २६६ जना स्थानीयले निजी आवास तथा व्यावसायिक भवन निर्माण गरेका छन्।तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वि.सं. २०७१ मा मौखिक रूपमा र २०७५ मा औपचारिक रूपमा उक्त जग्गा रोक्का गरेपछि समस्या उत्पन्न भएको सांसद राईले बताउनुभयो।

स्थानीयवासीले त्यसपछि विशेष अदालतमा मुद्दा दायर गरेको र अदालतले आवश्यक निर्णय गर्ने अधिकार भूमिसुधार मन्त्रालयलाई दिएको उहाँले सदनलाई जानकारी गराउनुभयो।

जग्गा रोक्का भएका कारण स्थानीय व्यवसायीले करिब तीनदेखि चार अर्ब रुपैयाँ लगानी गरेर भौतिक संरचना निर्माण गरे पनि बैंकिङ कारोबार तथा कर्जा लिनबाट वञ्चित हुनुपरेको सांसद राईको भनाइ छ।

पछिल्लो समय जिल्ला समन्वय समितिको नेतृत्वमा मालपोत, नापी, वन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि सम्मिलित समितिले सर्जमिन मुचुल्कासहितको प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको भए पनि त्यसपछि प्रक्रिया अघि नबढेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।

नयाँ सरकारले सुशासन र द्रुत सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएकाले लामो समयदेखि समस्यामा परेका नागरिकको समस्या तत्काल समाधान गर्न सांसद राईले सरकारसँग माग गर्नुभयो।