६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल News Polar न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता News Polar पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल News Polar सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै
अ+ अ-

काठमाडौँ, ६ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै हुनुहुन्छ ।

उहाँको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत हुनुहुन्छ । प्रधानमन्त्री शाह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहने छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कनुुहुने कार्यक्रम छ । प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो ।रासस