६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल

ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढेको दाबी गरेका छन्।

सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत ओलीले पछिल्ला घटनाक्रमप्रति यस्तो धारणा सार्वजनिक गरेका हुन्।

ओलीले जेनजी आन्दोलनका क्रममा निजी सम्पत्तिमाथि भएको आगजनी तथा लुटपाटलाई राजनीतिक परिवर्तन वा क्रान्तिको संज्ञा दिन नसकिने उल्लेख गरेका छन्। उनका अनुसार ती घटनामा सत्ता परिवर्तनलाई लक्षित बाह्य रूपमा प्रायोजित रणनीतिको प्रभाव देखिएको छ।

आफ्नो प्रतिवेदनमा ओलीले पछिल्लो समय विभिन्न विदेशी सञ्चारमाध्यममा प्रकाशित तथ्य तथा समाचारले नेपालको आन्तरिक राजनीतिमा भूराजनीतिक स्वार्थ कसरी अभिव्यक्त भए भन्ने विषयलाई थप स्पष्ट पार्दै गएको दाबी गरेका छन्।

उनले आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढेको उल्लेख गर्दै नेपालको भूमिबाट छिमेकी मुलुकका संवेदनशीलतामाथि असर पार्ने गतिविधि सरकारकै संरक्षणमा भइरहेको आरोपसमेत लगाएका छन्।

यस्तै, नेपालमा रहेका मूल्यवान खनिज सम्पदासम्बन्धी पछिल्ला संवेदनशील सूचना र समाचारले आम नागरिकमा समेत आशंका बढाएको ओलीको प्रतिवेदनमा उल्लेख छ।