६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल

बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल
अ+ अ-

काठमाडौँ ।  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत, उद्धार, सुरक्षा व्यवस्था र पुनःस्थापनाका विषयमा छलफल गर्नुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार भएको भेटमा सञ्चारमन्त्री डा तिमिल्सिनाले बाढी प्रभावित बस्तीलाई कहाँ र कसरी पुनःस्थापना गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्नुहुँदै एकीकृत बस्ती बसाल्न स्थान पहिचानका लागि सम्बन्धित स्थानीय तहले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्न नहुने र सुरक्षित स्थान पहिचान गरी बस्ती विकासको तयारी गर्नुपर्ने उहाँको भनाई छ । सञ्चारमन्त्री तिमिल्सिनाले तीनवटै तहबीच समन्वय गरेर सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकासको अवधारणाअनुसार पुनःस्थापनाको योजना अघि बढाइने बताउनुभयो ।

भविष्यमा बाढी तथा अन्य विपद्बाट प्रभावित नहुने गरी सुरक्षित स्थानमा बस्ती विकास गर्न आवश्यक तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पुनःस्थापनाका लागि गिट्टी, बालुवा, काठलगायत स्थानीय स्रोतसाधनको व्यवस्थापन स्थानीय तहबाट गर्न सकिने तथा सङ्घीय सरकारले आवश्यक नीतिगत, आर्थिक तथा प्राविधिक सहयोगका लागि नेतृत्वदायी भूमिका खेल्ने उहाँको भनाई थियो ।

उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कामलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले पुनःस्थापनाका लागि आवश्यक तयारी, प्रभावितको तथ्याङ्क तथा विवरणमा एकरुपता कायम गर्नुपर्ने विषयमा सञ्चारमन्त्री डा तिमिल्सिनालाई जानकारी गराउनुभयो ।

अध्यक्ष अर्यालले अस्थायी आवास व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाका लागि छुट्टाछुट्टै समिति बनाएर काम गर्दा सहज हुने बताउनुभयो । विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भइरहेको सहयोगलाई प्रभावितको आवश्यकताका आधारमा व्यवस्थित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

छलफलमा प्रभावितको वास्तविक आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधन उचित रूपमा वितरण गर्ने विषयमा पनि कुराकानी भएको छ । त्यस्तै, बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको अवस्था र उनीहरुको लालनपालन, पठनपाठन र भविष्यको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विषयमा छलफल भएको थियो ।