६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट
अ+ अ-

काठमाडौं ।  सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले विदाई भेट गर्नुभएको छ ।

भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नुभएकोमा महामहिम श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।

सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी विपद्का क्रममा भारत सरकारले पहिलो उद्धारकर्ता तथा विश्वसनीय छिमेकीका रूपमा उपलब्ध गराएको सहयोगप्रति विशेष आभार व्यक्त गर्नुभयो । भारतीय वायुसेनाका विमानमार्फत राहत तथा उद्धार सामग्री नेपाल ल्याइनुका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ टोली तथा फरेन्सिक विज्ञसहितको प्राविधिक सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै उहाँले विपद्को कठिन समयमा प्राप्त यस सहयोगले नेपाल र भारतबीच विद्यमान मैत्री, सद्भाव, ऐक्यबद्धता र सहकार्यको गहिरो सम्बन्धलाई थप प्रतिबिम्बित गरेको बताउनुभयो ।

भेटमा नयाँ प्रतिनिधि सभाको गठनपछि गठन भएको नेपाल–भारत संसदीय मैत्री समूह तथा यसमार्फत अघि बढाउन सकिने अन्तर–संसदीय सहकार्यका विषयमा पनि छलफल भएको थियो । सभामुख अर्यालले संसदीय कूटनीतिले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसबाट दुवै देशका सांसदहरूबीच आपसी समझदारी, अनुभव आदानप्रदान र सहकार्य विस्तार गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

सभामुख अर्यालले भारतीय संसदलाई लोकतन्त्रको सुदृढ संस्थाका रूपमा नेपालले उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यास, संसदीय अनुभव तथा असल अभ्यासहरूको आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा महामहिम राजदूत श्रीवास्तवले रसुवामा भएको क्षति अकल्पनीय रहेको बताउँदै भारतले राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गरिरहेको जानकारी गराउनुभयो । संकटको घडीमा भारत सधैं नेपालको साथमा रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

सभामुख अर्यालले महामहिम श्रीवास्तवको आगामी जिम्मेवारी तथा व्यक्तिगत जीवनको सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्दै नेपालमा रहँदाको कार्यकालका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

महामहिम नवीन श्रीवास्तवले २५ जुन २०२२ मा नेपालका लागि भारतका राजदूतका रूपमा कार्यभार सम्हाल्नुभएको थियो । उहाँ सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गर्नुभएको हो । यसअघि उहाँले हङकङ, बेइजिङ र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा काम गर्नुका साथै चीनको सांघाईस्थित भारतीय महावाणिज्य दूतावासको महावाणिज्यदूत, कम्बोडियाका लागि भारतीय राजदूत तथा सांघाईस्थित न्यू डेभलपमेन्ट बैंकमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।