४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि

मनास्लु आधारशिविरको अनशन स्थगित

मनास्लु आधारशिविरको अनशन स्थगित
अ+ अ-

गोरखा। मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन स्थगित गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगीत गरिएको दावा नुर्बु लामाले बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र एमक्यापले आज उनीहरुलाई वार्ता र संवादद्वारा माग पूरा गर्ने व्यहोराको पत्र पठाएको थियो ।

सोहीअनुसार अनशन स्थगित गरी मनास्लु बेसक्यापबाट सामागाउँ फर्किएको अनसन टोलीका अगुवा लामाले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरण तथा हिमताल विस्फोट लगायतका खतराबाट बचाउन माग गर्दै गत शुक्रबारदेखि उनीहरु आमरण अनशनमा बसेका थिए ।

सामागाउँका ३६ वर्षीय दावा नोर्बु लामाको नेतृत्वमा ३९ वर्षीय निमा छिरिङ लामा, २५ वर्षीय लेक्ष्य लामा, २७ वर्षीय पासाङ नोर्बु लामा, २६ वर्षीय छिरिङ फुञ्सोक लामा, २९ वर्षीय टासी डुण्डुप लामा, २८ वर्षीय छेवाङ घ्यूर्मे लामा, २३ वर्षीय छेवाङ बाबा लामा, २८ वर्षीय कर्मा छिरिङ लामा, २९ वर्षीय पेम्बा छिरिङ लामा र वडा नं ७ का ३१ वर्षीय पेम्बा गुरुङ शुक्रबारदेखि अनशनरत थिए ।

हिमाली गाउँबस्तीभन्दा माथि धेरै नयाँ तालहरु थपिँदै गएको, हरिया तालहरु थपिँदै गएको, वीरेन्द्र ताललगायत हिमतालमा पानीको सतह बढिरहेकाले यसको निरन्तर नाप जाँच गर्ने प्रविधि जडान गर्नुपर्ने, यसको सम्भावित जोखिमबाट बचाउन गाउँबस्तीमा साइरन जडान गर्नुपर्ने, हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तन र यसबाट बच्ने उपाय समेटिएको पाठ्यक्रम बनाएर पठनपाठन गर्नुपर्नेलगायतका माग राख्दै सामागाउँमा ११ युवा अनशनमा थिए ।

त्यसैगरी भविष्यमा हिमताल विस्फोट हुनसक्ने जोखिमको अध्ययन हुनुपर्ने, चीन र नेपालको सीमा क्षेत्रका तालको नियमित संयुक्त निगरानी हुनुपर्ने, विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान नभए पनि दुष्प्रभाव भोगिरहनु परेकाले जलवायु क्षतिपूर्ति र न्याय पाउनुपर्नेलगायतका माग उनीहरुले राखेका थिए । रासस